माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई गणित पुराना प्रश्नपत्र
२०८२ सालका एसईई गणितका ७ वटा वास्तविक प्रश्नपत्र, बोर्डले सोधेकै रूपमा, GyanMul टोलीले टाइप गरी जाँचेका।
जम्मा २१६ प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- ७ पुराना प्रश्नपत्र
- १२ मोडेल प्रश्नपत्र
- २१६ प्रश्न
वर्षअनुसार
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
उक्त किसानले पहिलो वर्षको अन्त्यमा केही साँवा र ब्याज गरी जम्मा रु. 3,00,000 ऋण तिरेछ र बाँकी अर्को वर्षमा चुक्ता गर्दा उसले कति रकम तिर्ला ? पत्ता लगाउनुहोस् । [साँवा रु. 5,00,000; वार्षिक दर 8%, अर्धवार्षिक चक्रीय]
रामले 10% प्रतिवर्ष वार्षिक चक्रीय व्याजदरले श्यामसँग दुई वर्षको निमित्त रु. 50,000 सापटी लियो । रामले जम्मा कति चक्रीय व्याज तिर्नुपर्छ ? पत्ता लगाउनुहोस् ।
एउटा नगरपालिकाको हालको जनसङ्ख्या 1,26,075 छ । उक्त पालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर 2.5% प्रति वर्ष छ । (क) T वर्षपछिको जनसङ्ख्या निकाल्ने सूत्र लेख्नुहोस् । (1) (ख) 2 वर्षअघि उक्त नगरपालिकाको जनसङ्ख्या कति थियो ? पत्ता लगाउनुहोस् । (2) (ग) यदि यो वर्ष 1075 जना विविध कारणले बसाइ सरेर अन्यत्रै जान्छन् भने अबको 1 वर्षपछिको त्यस नगरपालिकाको जनसङ्ख्या कति पुग्ला, निकाल्नुहोस् । (1)
पुराना प्रश्नपत्र
- SEE 2082 (2026) अनिवार्य गणित — कर्णाली (RE-1031'KaP')गणित · कर्णाली · ४९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — कोशी (RE-1031'KoP')गणित · कोशी · १७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — गण्डकी (RE-1031'GP')गणित · गण्डकी · १७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — बागमती (RE-1031'BP')गणित · बागमती · १७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — मधेश (RE-1031'MP')गणित · मधेश · १८ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — लुम्बिनी (RE-1031'LP')गणित · लुम्बिनी · ४९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — सुदूरपश्चिम (RE-1031'SP')गणित · सुदूरपश्चिम · ४९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एसईईका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड र प्रदेश लेखिएको छ।
- मोडेल प्रश्नपत्र कसरी बनाइएका हुन्?
- मोडेल प्रश्नपत्र हालको विशिष्टीकरण तालिका (specification grid) अनुसार अङ्कभार मिलाएर तयार पारिएका हुन्। ती बोर्डका आधिकारिक प्रश्नपत्र होइनन्, अभ्यासका लागि हुन्।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।