Everything on these tabs is Nepali only, within SEE.
डेढ वर्षको उमेरदेखि भाउजू शोभाले हुर्काएका रामु बिहेपछि श्रीमतीको लहैलहैमा लागी अलग बसे । बिरामी पर्दा श्रीमतीले हेरचाह नगरेपछि शोभाकै स्याहार पाएर उनी दाजुभाउजूकै घर फर्किए — 'प्रत्यागमन' को अर्थ नै फर्केर आउने काम हो । (विधा : कथा । लेखक/कवि : गुरुप्रसाद मैनाली)