माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ नेपाली प्रश्नपत्र, गण्डकी प्रदेश
एसईई २०८२ नेपाली (गण्डकी प्रदेश, RE-1021'GP') मा जम्मा २१ प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये २ अङ्कका ६, ३ अङ्कका ३, ४ अङ्कका १० र ७ अङ्कका २ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
- २१ प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1021'GP'
प्रश्नहरू
प्रश्न १२ अङ्क
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' धपेडी तयार भएको मौजा कुनै वस्तु वा कुरालाई राम्ररी खार्ने काम उचत जमिन चक्षु अत्यधिक परिश्रमबाट हुने थकान केही नरहने गरी हटाइएको आँखा
प्रश्न २२ अङ्क
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : हिजोका दिन दुख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो । आफ्ना आमाबुबा र गुरुको आज्ञाकारी बन्ने मानिस जीवनमा सधैँ सफल हुन सक्छ । अझ दूरदर्शी बन्न सके जीवनमा सुख पाइन्छ । (क) 'मनुष्य' को पर्यायवाची शब्द ………… हो । (ख) 'रात' को विपरीतार्थक शब्द ………… हो । (ग) अनेकार्थी शब्द ………… हो । (घ) 'पछिसम्म हुने कुरामा विचार पुर्याउने' पदावलीको सिङ्गो शब्द ………… हो ।
प्रश्न ३२ अङ्क
दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : कसैले मोबाइलमा सन्देश पठाएर बैङ्क खाता र व्यक्तिगत विवरण मागेपछि शुकुमानले मनमनै सोच्यो, "हर शुकु ! यो तेरो भाग्य चम्केको हो । तेरो तालुमा आलु फल्दै छ । ठालु पल्टेर यसलाई स्विकारिनस् भने तेरो खातामा आउने २५ लाख आउने छैन ।"
प्रश्न ४३ अङ्क
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१) (अ) विशेसज्ञ विषेषज्ञ विसेषज्ञ विशेषज्ञ (आ) पर्वेश प्रवेश पर्वेश पन्वेश (ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२) बतासेले भनिन, हाम्रा बाबुवाजेले आफ्नो आखिरि सास हिमालको बतासमा मिलाए, हामीपनि त्यसै गरौँला ।
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/nepali/2082/gandaki · GyanMul Prep