माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ विज्ञान तथा प्रविधि प्रश्नपत्र, गण्डकी प्रदेश
एसईई २०८२ विज्ञान तथा प्रविधि (गण्डकी प्रदेश, RE-1041'GP') मा जम्मा ४० प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका १९, २ अङ्कका १४ र ४ अङ्कका ७ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
प्रश्नपत्रमा छापिएझैँ हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ।
- ४० प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1041'GP'
प्रश्नहरू
यहाँ १ अङ्कका १९ प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
सिअर्चिनलाई इकाइनोडर्मेटा फाइलममा किन राखिएको हो ? (i) तिनीहरूको बाह्य शरीर क्याल्केरसका काँडाले ढाकेको हुन्छ । (ii) पानीमा पौडन र त्यसको सतहमा हिँड्नका लागि मांसपेसीयुक्त खुट्टा हुन्छन् । (iii) तिनीहरूको शरीर नरम हुन्छ । (iv) यसको टाउकोमा टेन्टाकल्स हुन्छन् ।
Why is sea-urchin kept in phylum Echinodermata? (i) Their outer body is covered with calcareous spines. (ii) They have muscular legs for swimming in water and walking on its surface. (iii) Their body is soft. (iv) It has tentacles on its head.
उत्तर: (i) तिनीहरूको बाह्य शरीर क्याल्केरसका काँडाले ढाकेको हुन्छ ।प्रश्न २१ अङ्क
रानी मौरीको बारेमा तलका मध्ये कुन कथन सत्य हो ? (i) रानी मौरीले लार्भालाई मह र कुट खुवाउने कार्य गर्छ । (ii) रानी मौरीले घारलाई न्यानो बनाउने कार्य गर्छ । (iii) एउटा गोलामा रानी मौरी धेरै सङ्ख्यामा हुन्छन् । (iv) घारमा सबैभन्दा लामो समयसम्म बाँच्ने मौरी रानी मौरी हो ।
Which of the following statements is correct about queen bee? (i) The queen bee does the work of feeding the larvae honey and bee bread. (ii) The queen bee does the work of keeping the hive warm. (iii) A colony holds a large number of queen bees. (iv) The bee that lives longest in the hive is the queen bee.
उत्तर: (iv) घारमा सबैभन्दा लामो समयसम्म बाँच्ने मौरी रानी मौरी हो ।प्रश्न ३१ अङ्क
दिइएका मध्ये कुन बिरुवाको एन्टिअक्सिडेन्ट, एन्टिमाइक्रोवियल एवम् तनाव, डिप्रेशन र एङ्जाइटी कम गर्ने विशेषता हुन्छ ? (i) बेसार (Turmeric) (ii) घोडटाप्रे (Asiatic pennywort) (iii) गुर्जो (Gurjo) (iv) निम (Neem)
Which of the following plants has antioxidant, antimicrobial property as well as the capacity to relieve stress, depression and anxiety? (i) Turmeric (ii) Asiatic pennywort (iii) Gurjo (iv) Neem
उत्तर: (ii) घोडटाप्रेप्रश्न ४१ अङ्क
पृथ्वीमा 750 N तौल भएको मानिसको चन्द्रमामा तौल कति हुन्छ ? (चन्द्रमाको गुरुत्व प्रवेग (i) 124.7 N (ii) 125 N (iii) 126.8 N (iv) 127.8 N
What will be the weight of a man on the Moon, if his weight on the Earth is 750 N? (Acceleration due to gravity of the Moon (i) 124.7 N (ii) 125 N (iii) 126.8 N (iv) 127.8 N
उत्तर: (i) 124.7 Nप्रश्न ५१ अङ्क
तलका मध्ये कुन अवधारणा पानीको उच्च तापधारण क्षमतामा आधारित छ ? (i) समुन्द्रको पानीको तापक्रममा रात र दिनमा धेरै भिन्नता आउँदैन । (ii) हिउँदमा हिमाली तालमा सतहमा बरफ जमेपनि माछा मर्दैनन् । (iii) हिउँदमा पानीका पाइप फुट्छन् । (iv) उम्लिरहेको बेला पानीको तापक्रम स्थिर हुन्छ ।
Which of the following phenomena is based on the high specific heat capacity of water? (i) The temperature of sea water does not differ much between night and day. (ii) Fish do not die in a Himalayan lake in winter even though ice forms on the surface. (iii) Water pipes burst in winter. (iv) The temperature of water stays constant while it is boiling.
उत्तर: (i) समुन्द्रको पानीको तापक्रममा रात र दिनमा धेरै भिन्नता आउँदैन ।प्रश्न ६१ अङ्क
तलका मध्ये कुन विकल्पले वस्तुलाई कन्भेक्स लेन्सको 'f' र '2f' को बिचमा राख्दा बन्ने आकृतिको गुणहरू सही रूपमा वर्णन गर्छ ? (i) अवास्तविक, ठाडो र सानो (Virtual, erect and diminished) (ii) अवास्तविक, उल्टो र ठुलो (Virtual, inverted and magnified) (iii) वास्तविक, उल्टो र ठुलो (Real, inverted and magnified) (iv) वास्तविक, ठाडो र ठुलो (Real, erect and magnified)
Which of the following correctly describes the properties of an image formed by a convex lens when object is placed at between 'f' and '2f'? (i) Virtual, erect and diminished (ii) Virtual, inverted and magnified (iii) Real, inverted and magnified (iv) Real, erect and magnified
उत्तर: (iii) वास्तविक, उल्टो र ठुलोप्रश्न ७१ अङ्क
एउटा ट्रान्सफर्मरमा प्राइमरी क्वाइलको सङ्ख्या 6,000 फन्का र सेकेन्डरी क्वाइलको सङ्ख्या 1,000 फन्का छ । सो ट्रान्सफर्मरको प्राइमरी भोल्टेज 210 V भए सेकेन्डरी भोल्टेज कति होला ? (i) 25 V (ii) 35 V (iii) 45 V (iv) 55 V
A transformer has 6,000 turns in the primary coil and 1,000 turns in the secondary coil. Calculate the secondary voltage if the primary voltage is 210 V. (i) 25 V (ii) 35 V (iii) 45 V (iv) 55 V
उत्तर: (ii) 35 Vप्रश्न ८१ अङ्क
दिइएको रासायनिक प्रक्रियामा उत्पादित पदार्थ 'Z' कुन हो ? CO₂ + H₂O → Z (i) HCO (ii) H₂CO₂ (iii) H₂CO₃ (iv) COOH
Which substance is the product 'Z' in the given chemical reaction? CO₂ + H₂O → Z (i) HCO (ii) H₂CO₂ (iii) H₂CO₃ (iv) COOH
उत्तर: उत्तर: (iii) H₂CO₃प्रश्न ९१ अङ्क
तलका मध्ये कुनले अल्किनलाई जनाउँछ ? (i) CₙH₂ₙ₊₂ (ii) CₙH₂ₙ₋₂ (iii) CₙH₂ₙ₋₁ (iv) CₙH₂ₙ
Which of the following represents alkene? (i) CₙH₂ₙ₊₂ (ii) CₙH₂ₙ₋₂ (iii) CₙH₂ₙ₋₁ (iv) CₙH₂ₙ
उत्तर: (iv) CₙH₂ₙप्रश्न १०१ अङ्क
तलका मध्ये कुन यौगिक फलफूल पकाउनका लागि प्रयोग गरिन्छ ? (i) सोडियम कार्बोनेट (Sodium carbonate) (ii) क्याल्सियम कार्बोनेट (Calcium carbonate) (iii) क्याल्सियम कार्बाइड (Calcium carbide) (iv) सोडियम सल्फेट (Sodium sulphate)
Which of the following compounds is used to ripen fruits? (i) Sodium carbonate (ii) Calcium carbonate (iii) Calcium carbide (iv) Sodium sulphate
उत्तर: (iii) क्याल्सियम कार्बाइडप्रश्न १११ अङ्क
वैज्ञानिक प्रयोगमा निश्चित चरहरूलाई नियन्त्रण गर्नुपर्छ, किन ?
Certain variables should be controlled in scientific experiment, why?
उत्तर: किनभने ती चर नियन्त्रण नगरे आश्रित चरमा आएको परिवर्तन स्वतन्त्र चरकै कारण हो कि अरू कुनै कुराको कारण भन्ने छुट्याउन सकिँदैन । नियन्त्रित चरले प्रयोगलाई निष्पक्ष र नतिजालाई भरपर्दो बनाउँछ ।प्रश्न १२१ अङ्क
क्यु आर कोडको कुनै एक उपयोगिता लेख्नुहोस् ।
Write an application of QR code.
उत्तर: डिजिटल भुक्तानीमा — पसलमा राखिएको क्यु आर कोड मोबाइलले स्क्यान गरी तुरुन्तै रकम पठाउन सकिन्छ । (वस्तुको विवरण, वेबसाइटको लिङ्क, प्रवेशपत्र वा औषधिको जानकारी राख्न पनि प्रयोग हुन्छ ।)प्रश्न १३१ अङ्क
स्वासप्रश्वासको आधारमा दिइएको जीवको कुनै एउटा विशेषता लेख्नुहोस् । (चित्रमा शरीरभरि प्वाल भएको नलीजस्तो स्पन्ज देखाइएको छ ।)
Write a characteristic of the given organism on the basis of respiration. (The figure shows a tube-like sponge with pores all over its body.)
उत्तर: चित्रको जीव स्पन्ज (Porifera) हो । यसमा श्वासप्रश्वासका लागि छुट्टै अङ्ग हुँदैन — शरीरका प्वाल (ostia) बाट पानी भित्र पस्दा शरीरकै सतहबाट विसरण (diffusion) द्वारा अक्सिजन लिन्छ र कार्बनडाइअक्साइड फाल्छ ।प्रश्न १४१ अङ्क
कर्मी मौरीले 21 दिनपछि गर्ने कुनै एउटा कार्य लेख्नुहोस् ।
Write a function of worker bee after 21 days.
उत्तर: २१ दिनपछि कर्मी मौरी फोरेजर बन्छ — घारबाहिर गई फूलबाट मकरन्द, पराग र पानी सङ्कलन गरी घारमा ल्याउने कार्य गर्छ । (घारको मुखमा पहरेदारी गर्ने काम पनि यही उमेरमा गर्छ ।)प्रश्न १५१ अङ्क
उम्लिरहेको पानीको तापक्रम मापन गर्न डिजिटल क्लिनिकल थर्मोमिटर प्रयोग गर्न सकिँदैन, किन ?
Why can't a digital clinical thermometer be used to measure the temperature of boiling water?
उत्तर: किनभने क्लिनिकल थर्मोमिटरको मापन क्षेत्र ३५ देखि ४२ सम्म मात्र हुन्छ, जबकि उम्लिरहेको पानीको तापक्रम १०० हुन्छ । त्यो सीमाभन्दा धेरै माथि भएकाले नाप्न सकिँदैन र यन्त्र नै बिग्रन सक्छ ।प्रश्न १६१ अङ्क
दिइएको चित्र अध्ययन गरी कार्य सिद्धान्तको आधारमा कुनै एउटा फरक लेख्नुहोस् । (चित्र A — स्थायी चुम्बकबिच घुम्ने कुण्डली ग्याल्भानोमिटरसँग जोडिएको; चित्र B — घोडाको नालजस्तो चुम्बकबिचको तार ब्याट्री र स्विचसँग जोडिएको ।)
Write any one difference between the following figures on the basis of their working principles. (Figure A — a coil rotating between the poles of a permanent magnet, connected to a galvanometer; figure B — a wire between the poles of a horseshoe magnet, connected to a battery and a switch.)
उत्तर: चित्र A विद्युत् चुम्बकीय प्रेरण (electromagnetic induction) मा आधारित छ — चुम्बकीय फिल्डभित्र कुण्डली घुम्दा विद्युत् उत्पन्न हुन्छ, अर्थात् यान्त्रिक ऊर्जा विद्युतीय ऊर्जामा बदलिन्छ (डाइनामो) । चित्र B विद्युत्को चुम्बकीय असर (motor effect) मा आधारित छ — चुम्बकीय फिल्डमा राखिएको विद्युत् प्रवाहित तारले बल अनुभव गरी चल्छ, अर्थात् विद्युतीय ऊर्जा यान्त्रिक ऊर्जामा बदलिन्छ (मोटर) ।प्रश्न १७१ अङ्क
अल्टरनेटिङ करेन्टको समय-करेन्ट ग्राफ कोर्नुहोस् ।
Draw current-time graph of alternating current.
उत्तर: ग्राफ: तेर्सो अक्षमा समय (t) र ठाडो अक्षमा विद्युत् धारा (I) राख्नुहोस् । वक्र शून्यबाट सुरु भई माथि उठ्दै अधिकतम धनात्मक मानमा पुग्छ, फेरि घट्दै शून्यमा आउँछ, अनि ऋणात्मक तर्फ गई अधिकतम ऋणात्मक भई पुनः शून्यमा फर्कन्छ — यसरी साइन वक्र (sine curve) बन्छ र यो चक्र दोहोरिरहन्छ । नामाङ्कन गर्नुपर्ने: दुवै अक्ष, शिखर मान (peak value) र एक आवर्तकाल (T) ।प्रश्न १८१ अङ्क
इलेक्ट्रोरिफाइनिङ प्रक्रियाबाट अशुद्ध चाँदीलाई शुद्धीकरण गर्ने सफा नामाङ्कित चित्र खिच्नुहोस् ।
Draw a well labelled diagram of electro refining process of purification of impure silver.
उत्तर: चित्रमा देखाउनुपर्ने: एउटा भाँडोमा अम्लीकृत सिल्भर नाइट्रेट (AgNO₃) को घोल इलेक्ट्रोलाइटका रूपमा; अशुद्ध चाँदीको मोटो पाता एनोड (+) मा र शुद्ध चाँदीको पातलो पाता क्याथोड (−) मा जोडिएको; दुवै ब्याट्रीसँग जोडिएको; भाँडोको फेदमा जम्मा हुने एनोड मड । नामाङ्कन: एनोड (अशुद्ध चाँदी), क्याथोड (शुद्ध चाँदी), इलेक्ट्रोलाइट AgNO₃, ब्याट्री, एनोड मड । विद्युत् प्रवाह गर्दा एनोडको चाँदी Ag⁺ भई घोलमा जान्छ र क्याथोडमा शुद्ध चाँदी जम्मा हुन्छ; अशुद्धता एनोड मडका रूपमा तल बस्छ ।प्रश्न १९१ अङ्क
एउटा धाउमा फलामको धुलो र जिङ्क सल्फाइड मिसिएको छ । यसलाई छुट्ट्याउन कुन विधिको प्रयोग गर्न सकिन्छ ?
An ore contains a mixture of iron dust and zinc sulphide. Which method can be used to separate them?
उत्तर: चुम्बकीय पृथकीकरण (magnetic separation) विधि । मिश्रणलाई चलिरहेको चुम्बकीय पेटीमाथि खन्याउँदा फलामको धुलो चुम्बकले तानेर छुट्टै पर्छ, जबकि जिङ्क सल्फाइड चुम्बकीय नभएकाले तानिँदैन र अर्कैतिर खस्छ ।प्रश्न २०२ अङ्क
वैज्ञानिक प्रयोगमा नियन्त्रित चरबाहेक अन्य दुई प्रकारका चरहरूको उदाहरणसहित लेख्नुहोस् ।
Write the example of other two types of variable involved in a scientific experiment, except controlled variable.
प्रश्न २१२ अङ्क
बासस्थान र मुटुको संरचनाको आधारमा माछा र भ्यागुताबिच दुई फरक छुट्ट्याउनुहोस् ।
Write any two differences between frog and fish based on the habitat and the structure of heart.
प्रश्न २२२ अङ्क
दिइएको चित्रहरू अध्ययन गरी यिनीहरूबिच कुनै दुईओटा फरक लेख्नुहोस् । (चित्र A — एउटै धागो बटारिएको; चित्र B — दुई धागो बटारिएको भर्याङजस्तो संरचना ।)
Study the given figures and write any two differences between them. (Figure A — a single twisted strand; figure B — a ladder-like structure of two twisted strands.)
प्रश्न २३२ अङ्क
दिइएको चार्टले कुन प्रक्रियालाई जनाउँछ ? यस प्रक्रियाको आधारमा (44, xx) र (44, xy) भएका प्राणीबिच हुने प्रमुख भिन्नता के हो ? (चार्टमा भाले/पोथीका युग्मक (22, x) र (22, y) बाट (44, xx) र (44, xy) बन्ने देखाइएको छ ।)
Which process is represented by given chart? According to this process, what is the main difference between the organism with (44, xx) and (44, xy)? (The chart shows the gametes (22, x) and (22, y) of the male and female forming (44, xx) and (44, xy).)
प्रश्न २४२ अङ्क
पसिना आउनु, थकान महसुस हुनु, श्वास फेर्न गाह्रो हुनु, छातीमा एकदमै दवाव महसुस भई सहन नसक्ने गरी दुख्नु आदि कुन स्वास्थ्य समस्याका लक्षण हुन् ? उक्त स्वास्थ्य समस्याबाट जोगिन अपनाउनुपर्ने कुनै एक उपाय लेख्नुहोस् ।
Identify the health problem which has symptoms like sweating, feeling tiredness, difficulties in respiration, feeling intolerable pain due to stress in chest etc. Write a preventive measure of this problem.
प्रश्न २५२ अङ्क
एउटा विद्यार्थीले पानीको वाफले छाला पोलेको ठाउँमा चित्रमा देखाइएको बिरुवाको पातको रस प्रयोग गरे । अन्य कुन दुईओटा प्रयोजनका लागि उक्त बिरुवाको प्रयोग गर्न सकिन्छ ? (चित्रमा घिउकुमारी (Aloe vera) देखाइएको छ ।)
A student used the sap of the leaves of the plant shown in the figure when her/his skin was burnt by steam. For what other two purposes can this plant be used? (Aloe vera is shown.)
प्रश्न २६२ अङ्क
एउटा ढुङ्गा पानीमा खसाल्दा किन डुब्छ ? प्लवनको नियमको आधारमा व्याख्या गर्नुहोस् ।
Why does a stone sink when dropped in water? Explain on the basis of the law of floatation.
प्रश्न २७२ अङ्क
एउटा चुम्बकलाई कोइलभित्र खसाल्दा ग्याल्भानोमिटरले के देखाउँछ ? यदि उक्त चुम्बकलाई कोइलभित्र स्थिर अवस्थामा राख्यो भने ग्याल्भानोमिटरको सुइको अवस्थामा के फरक पर्छ ?
When a magnet is introduced into a coil, what happens to the needle of galvanometer? If the magnet is held at rest inside the coil, what will happen to the needle?
प्रश्न २८२ अङ्क
तापक्रम भएको 10 kg तातो पानीलाई तापक्रम भएको 20 kg चिसो पानीमा मिसाउँदा मिश्रित पानीको अन्तिम तापक्रम कति हुन्छ ? (पानीको विशिष्ट तापधारण क्षमता छ ।)
If hot water of mass 10 kg at is mixed with 20 kg of cold water at , what is the final temperature of the water? (The specific heat capacity of water is .)
प्रश्न २९२ अङ्क
चित्रले व्याख्या गर्ने प्रक्रियाको परिभाषा दिनुहोस् र यसको कुनै एक उपयोगिता लेख्नुहोस् । (चित्रमा रूख र अवलोकनकर्ता दुवै एउटै तेर्सो रेखामा उभिएका छन् र रेखामुनि रूखको उल्टो प्रतिबिम्ब बिन्दुगत रेखाले देखाइएको छ ।)
Define the process which is shown in the figure and write any one application of it. (In the figure the tree and the observer both stand on the same horizontal line, and an inverted image of the tree is shown below the line by a dotted outline.)
प्रश्न ३०२ अङ्क
बन्द र खुला ब्रह्माण्डबिच दुईओटा फरक लेख्नुहोस् ।
Write any two differences between open and closed universe.
प्रश्न ३१२ अङ्क
विद्यार्थीले प्रयोगशालामा एउटा विकरमा 10 ml एमोनियम हाइड्रोअक्साइडमा 10 ml हाइड्रोक्लोरिक अम्ल मिसाएछन् । (a) विकरमा कुन प्रकारको रासायनिक प्रतिक्रिया हुन्छ ? (b) उक्त रासायनिक प्रतिक्रियाको सन्तुलित समीकरण लेख्नुहोस् ।
A student mixed 10 ml ammonium hydroxide with 10 ml hydrochloric acid in a beaker. What type of chemical reaction takes place in the beaker? Write balanced chemical equation of the reaction.
प्रश्न ३२२ अङ्क
एउटा रङहीन बाक्लो तरल हाइड्रोकार्बन मिठाइलाई गुलियो बनाउन प्रयोग गरिन्छ । (a) यस यौगिकको IUPAC नाम लेख्नुहोस् । (b) उक्त यौगिकको सबै लाई H ले विस्थापन गराउँदा बन्ने यौगिकको संरचनात्मक सूत्र लेख्नुहोस् ।
A colourless viscous liquid hydrocarbon is used as a sweetening agent in confectionery. Write IUPAC name of this compound. Write the structural formula of compound formed by replacing all by H.
प्रश्न ३३२ अङ्क
लक्षित जीवको आधारमा प्रयोग गरिने निम्नलिखित विषादीको एक एकओटा उदाहरण दिनुहोस् : (a) झारपातनाशक विषादी (Herbicides) (b) ढुसीनाशक विषादी (Fungicides)
Give an example of the pesticides on the basis of targeted organism of the following: (a) Herbicides (b) Fungicides
प्रश्न ३४४ अङ्क
हाम्रो दैनिक जीवनमा मोबाइल, ल्यापटप जस्ता डिजिटल सामान र प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो परिवेशमा डिजिटल प्रविधिका दुईओटा सकारात्मक र दुईओटा नकारात्मक असर लेख्नुहोस् ।
The use of digital devices and technologies such as mobile phones and laptops is increasing in our daily lives. In this scenario, write two positive and two negative impacts of digital technology.
प्रश्न ३५४ अङ्क
कालो आँखा भएको बाबु र खैरो आँखा भएको आमाबाट जन्मने बच्चाका आँखा पहिलो वंशमा कालो नै देखिए, खैरो देखिएनन्, किन ? उक्त प्रक्रियाको दोस्रो वंशसम्मको फिलिएल चार्ट देखाउनुहोस् र दोस्रो वंशमा हुने जिनोटाइप अनुपात उल्लेख गर्नुहोस् ।
Black-eyed offsprings were born from black-eyed father and brown-eyed mother. Why did the offsprings have black eyes but not brown in the first generation? Show the filial chart of this process up to the second generation. Write down genotypic ratio of the second generation.
प्रश्न ३६४ अङ्क
चित्रमा मुटुको बाहिरी भाग देखाइएको छ : (a) चित्रमा देखाइएको कुनचाहिँ भागमा एन्जियोप्लास्टी गर्दा स्टेन्ट राखिन्छ ? (b) कुन भागले रगत मुटुबाट फोक्सोमा पुर्याउँछ ? (c) भाग 'C' कन्ट्र्याक्ट हुँदा कुन भल्भ बन्द रहन्छ ? (d) भाग 'E' को कार्य लेख्नुहोस् ।
External structure of the heart is shown in the given diagram: In which part of the heart shown in the figure is stent kept during angioplasty? Which part carries blood from heart to lungs? Which valve remains closed while part 'C' contracts? Write the function of part 'E'.
प्रश्न ३७४ अङ्क
(a) एउटा ढुङ्गालाई अग्लो टावरबाट खसाल्दा 4 s मा जमिनमा पुग्छ भने उक्त ढुङ्गा कति गतिमा जमिनमा बजारिन्छ ? (b) चित्रमा देखिएका दुई वस्तुबिच लाग्ने गुरुत्वाकर्षण बल हिसाब गर्नुहोस् । (चित्रमा 4,500 kg र 2,000 kg का दुई वस्तु, बिचको दुरी 500 km ।)
A stone is dropped from a tall tower that reaches to the ground after 4 s. Calculate the velocity with which the stone lands on the ground. (b) Calculate the force of gravitational attraction between the two bodies shown in the figure. Calculate the force of gravitational attraction between the two bodies shown in the diagram. (4,500 kg and 2,000 kg, 500 km apart)
प्रश्न ३८४ अङ्क
कक्षाको पछाडि बसेका एक जना विद्यार्थीलाई कक्षाको अगाडिको भित्तामा राखिएको ह्वाइटबोर्डमा लेखेको पढ्न गाह्रो हुन्छ तर उनी आफ्नो किताब सजिलै पढ्न सक्छन् । (a) उनी कुन प्रकारको दृष्टिदोषबाट पीडित छन् ? (b) उनको दृष्टिदोष र दृष्टिदोष समाधान देखाउने रेखाचित्र बनाउनुहोस् । (c) यस दृष्टिदोषको एक कारण लेख्नुहोस् ।
A student sitting at the back of his class has difficulty in reading the letters on whiteboard placed on the front wall of the class room, but he can read his book easily. What type of defect of vision is he suffering from? Draw ray diagrams to show the defect of his vision and remedy of the problem. Write one cause of this defect of vision.
प्रश्न ३९४ अङ्क
तल दिइएको पेरियोडिक तालिकाको अंश अध्ययन गरी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : समूह (Groups) पिरियड (Period) 2 X A M पिरियड (Period) 3 Y B J (a) तालिकाबाट अति सक्रिय धातु र अति सक्रिय अधातुको नाम लेख्नुहोस् । (b) A र B बिच कुन बढी सक्रिय हुन्छ, किन ? (c) तालिकामा देखाइएका तत्त्वहरूमध्येबाट अति सक्रिय धातु र अति सक्रिय अधातुबिच संयोजन भई हुने वास्तविक तत्त्वको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Study the part of the periodic table given below and answer the questions asked: Groups Period 2 X A M Period 3 Y B J (a) Write the name of the most reactive metal and the most reactive non-metal from the table. (b) Between A and B, which is more reactive, and why? (c) From the elements shown in the table, write the balanced chemical equation for the combination of the most reactive metal with the most reactive non-metal.
प्रश्न ४०४ अङ्क
दिइएको चित्र अध्ययन गरी तलका प्रश्नहरूको उत्तर दिनुहोस् (चुन ढुङ्गामाथि हाइड्रोक्लोरिक अम्ल खसालिएको र ग्यास जारमा ग्यास सङ्कलन गरिएको) : (a) ग्यास जारमा कुन ग्यास सङ्कलन गरिएको छ ? (b) ग्यास जार किन ठाडो राखिएको छ ? (c) बलिरहेको म्याग्नेसियम रिबनलाई यस ग्यास जारभित्र राख्दा हुने प्रतिक्रियाको सन्तुलित समीकरण मात्र लेख्नुहोस् । (d) जारमा सङ्कलित ग्यासबाट कसरी युरिया बनाउने प्रक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Study the given diagram and answer the following questions. Which gas is collected in the gas jar? Why is the gas jar kept erect? Write down the balanced chemical equation of the reaction that takes place when a burning magnesium ribbon is kept inside the gas jar. Write the balanced chemical equation of the process of formation of urea from the gas collected in the gas jar.
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/science/2082/gandaki · GyanMul Prep