माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ सामाजिक अध्ययन प्रश्नपत्र, गण्डकी प्रदेश
एसईई २०८२ सामाजिक अध्ययन (गण्डकी प्रदेश, RE-1051'GP') मा जम्मा २४ प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका ११, ४ अङ्कका ९ र ७ अङ्कका ४ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
- २४ प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1051'GP'
प्रश्नहरू
यहाँ १ अङ्कका ११ प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
नेपालको झन्डामा प्रयोग भएको कुन रङ शान्तिको प्रतीक हो ?
उत्तर: सेतो रङ — झन्डाभित्रका चन्द्रमा र सूर्यको सेतो रङले शान्तिको प्रतीक जनाउँछ ।प्रश्न २१ अङ्क
नेपालको मानव विकास सूचकाङ्कको अवस्थामा सुधार गर्न के गर्नुपर्ला ? कुनै एक सुझाव दिनुहोस् ।
उत्तर: गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा देशका सबै भूभागका नागरिकको पहुँचमा पुर्याउँदै रोजगारीका अवसर सिर्जना गरी प्रतिव्यक्ति आय बढाउनुपर्छ ।प्रश्न ३१ अङ्क
घरेलु हिंसा हुनसक्ने एक कारण लेख्नुहोस् ।
उत्तर: पितृसत्तात्मक सोच र महिलाको आर्थिक परनिर्भरता — महिलाको आफ्नै आम्दानी नहुँदा उनीहरू हिंसा सहेरै बस्न बाध्य हुन्छन् । (मदिरा सेवन र दाइजोको माग पनि प्रमुख कारण हुन् ।)प्रश्न ४१ अङ्क
मानव बेचबिखनविरुद्ध जनचेतना जगाउने एउटा नारा तयार पार्नुहोस् ।
उत्तर: "छोरीचेली बेच्ने होइन, पढाउने हो — मानव बेचबिखन अपराध हो, मिलेर रोकौँ !"प्रश्न ५१ अङ्क
वि.सं. २०३७ वैशाख २० गते भएको जनमत सङ्ग्रहमा नागरिकलाई दिइएका दुई विकल्प के के थिए ?
उत्तर: (१) सुधारिएको पञ्चायती व्यवस्था र (२) बहुदलीय प्रजातान्त्रिक व्यवस्था — यी दुई विकल्प दिइएका थिए ।प्रश्न ६१ अङ्क
वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि पनि सरकारको नेतृत्व राणा प्रधानमन्त्री मोहन शमशेरले नै गर्नु ठिक थियो या थिएन, किन ? एक वाक्यमा तपाईंको विचार लेख्नुहोस् ।
उत्तर: ठिक थिएन, किनभने जुन राणा शासनको अन्त्यका लागि क्रान्ति भएको थियो त्यसैका प्रधानमन्त्रीलाई सरकारको नेतृत्व दिनु क्रान्तिको भावना र जनताको अपेक्षाविपरीत थियो ।प्रश्न ७१ अङ्क
बिमाको एक महत्त्व लेख्नुहोस् ।
उत्तर: दुर्घटना, रोग, आगलागी वा मृत्युजस्ता अप्रत्याशित जोखिम आइपर्दा बिमाले आर्थिक क्षतिपूर्ति दिई व्यक्ति र परिवारलाई सुरक्षा प्रदान गर्छ ।प्रश्न ८१ अङ्क
तपाईं कुनै एक सहकारी संस्थाको अध्यक्ष बन्नुभयो भने उक्त संस्थाका सदस्यहरूको विश्वास जित्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: हिसाबकिताब पूर्ण पारदर्शी राखी नियमित लेखापरीक्षण गराउँछु र साधारण सभामा सम्पूर्ण आयव्यय तथा ऋण लगानीको विवरण सदस्यसामु खुला गर्छु ।प्रश्न ९१ अङ्क
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने कुनै दुई राष्ट्रको नाम लेख्नुहोस् ।
उत्तर: संयुक्त राज्य अमेरिका र चीन । (रुस, बेलायत र फ्रान्स पनि भिटो प्रयोग गर्न सक्ने स्थायी सदस्य हुन् ।)प्रश्न १०१ अङ्क
सूचना तथा प्रविधिको प्रयोगले तपाईंको दैनिक गतिविधिमा कसरी सहजता ल्याएको छ ? एक वाक्यमा प्रष्ट पार्नुहोस् ।
उत्तर: मोबाइल बैङ्किङबाट घरमै बिल तिर्न, अनलाइनबाट पढ्ने सामग्री र सूचना पाउन तथा टाढाका आफन्तसँग तत्कालै कुरा गर्न सकिने भएकाले मेरो समय र खर्च दुवै बचेको छ ।प्रश्न १११ अङ्क
तपाईं आफ्नो समुदायमा उपलब्ध स्वास्थ्य सेवाको उपयोग कसरी गर्नुहुन्छ ?
उत्तर: नजिकैको स्वास्थ्य चौकीमा गई नियमित स्वास्थ्य परीक्षण गराउँछु, निःशुल्क खोप र औषधि लिन्छु, र आमा तथा बालबालिका सुरक्षा कार्यक्रम एवं सरसफाइ अभियानमा सहभागी हुन्छु ।प्रश्न १२४ अङ्क
"व्यक्तिलाई असल र जिम्मेवार नागरिक बनाउन सामाजिकीकरणले सहयोग पुर्याउँछ" यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
प्रश्न १३४ अङ्क
दिगो विकास भनेको के हो ? यसका कुनै तीन आयामको छोटकरीमा वर्णन गर्नुहोस् ।
प्रश्न १४४ अङ्क
'लोकगीतको संरक्षण र संवर्धनमा युवापुस्ताको भूमिका' शीर्षकमा एउटा सम्पादकीय तयार पार्नुहोस् ।
प्रश्न १५४ अङ्क
"वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको आवश्यकता रहेको छ ।" यस भनाइलाई प्रष्ट पार्नुहोस् । अथवा "राष्ट्रिय दिवसहरू औपचारिकताका लागि हैनन्, ती दिवसका मर्मअनुसार मनाइनुपर्छ ।" कुनै एक राष्ट्रिय दिवसको सन्दर्भमा यस भनाइलाई पुष्टि गर्नुहोस् ।
प्रश्न १६४ अङ्क
"सामाजिक समस्या तथा विकृति समाज रूपान्तरणका बाधक तत्त्वहरू हुन् ।" यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
प्रश्न १७४ अङ्क
मानव अधिकार संरक्षणमा कार्यरत सङ्घसंस्थामध्ये कुनै एकको नाम लेखी उक्त संस्थाले गर्ने तीनओटा कार्य उल्लेख गर्नुहोस् ।
प्रश्न १८४ अङ्क
सामुद्रिक दुरी र जमिनको उचाइले हावापानीमा कसरी प्रभाव पार्छन् ? उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
प्रश्न १९४ अङ्क
हालसालै देशभित्र वा विदेशमा घटेको कुनै एक महत्त्वपूर्ण घटना समेटी समाचारको नमुना तयार पार्नुहोस् ।
प्रश्न २०४ अङ्क
गुणस्तरीय जीवन भनेको के हो ? यसका आधारहरूको सूची बनाउनुहोस् ।
प्रश्न २१७ अङ्क
निर्वाचनमा जनताको मत प्राप्त गर्नका लागि राजनीतिक दलले कस्तो भूमिका खेल्नुपर्छ ? सात सुझाव दिनुहोस् ।
प्रश्न २२७ अङ्क
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) पशुपतिनाथ मन्दिर (ख) माछापुच्छ्रे हिमाल (ग) जुट उत्पादन क्षेत्र (घ) मध्यपहाडी लोकमार्ग अथवा पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) फोक्ल्यान्ड टापु (ख) अमेजन नदी (ग) एन्डिज पर्वत श्रेणी (घ) पम्पास घाँसे मैदान दृष्टिविहीनका लागि मात्र: भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।
प्रश्न २३७ अङ्क
दोस्रो विश्वयुद्धका छओटा कारण उल्लेख गरी कुनै दुईको व्याख्या गर्नुहोस् ।
प्रश्न २४७ अङ्क
'नेपालमा जलविद्युत्को सम्भावना' शीर्षकमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/social-studies/2082/gandaki · GyanMul Prep