माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ विज्ञान तथा प्रविधि प्रश्नपत्र, कोशी प्रदेश
एसईई २०८२ विज्ञान तथा प्रविधि (कोशी प्रदेश, RE-1041'KoP') मा जम्मा ४० प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका १९, २ अङ्कका १४ र ४ अङ्कका ७ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
प्रश्नपत्रमा छापिएझैँ हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ।
- ४० प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1041'KoP'
प्रश्नहरू
यहाँ १ अङ्कका १९ प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
विद्यार्थीहरूले विभिन्न मात्रामा मल प्रयोग गर्दा टमाटरको उचाइमा कस्तो असर पर्छ भनेर परीक्षण गरियो भने यस परीक्षणमा स्वतन्त्र चर कुन हो ? (i) टमाटरको उचाइ (Height of tomato plant) (ii) मलको मात्रा (Amount of fertilizer) (iii) पानीको मात्रा (Amount of water) (iv) माटोको प्रकार (Type of soil)
If an experiment is done to find how various amounts of fertilizers affect the height of tomato plant, what is the independent variable in this experiment? (i) Height of tomato plant (ii) Amount of fertilizer (iii) Amount of water (iv) Type of soil
उत्तर: (ii) मलको मात्राप्रश्न २१ अङ्क
बेसब्यान्ड प्रसारण सम्बन्धित भनाइ तलका मध्ये कुन सही छ ? (i) डिजिटल सिग्नललाई एनालग सिग्नलमा परिवर्तन गरेर च्यानलमा पठाइन्छ । (ii) सिग्नल पठाउन र प्राप्त गर्न फरक फरक च्यानल प्रयोग गरिन्छ । (iii) यसमा सिग्नल पठाउने र प्राप्त गर्ने क्रिया एउटै च्यानलमा सँगसँगै हुन्छ । (iv) सामान्यतया यो लामो दुरीको सञ्चारका लागि प्रयोग गरिन्छ ।
Which of the following statements about baseband transmission is true? Digital signals are converted to analog signals and sent to the channel. Separate channels are used for sending and receiving signals. Sending and receiving signals are done in the same channel simultaneously. Generally, it is used for long distance communication.
उत्तर: (iii) यसमा सिग्नल पठाउने र प्राप्त गर्ने क्रिया एउटै च्यानलमा सँगसँगै हुन्छ ।प्रश्न ३१ अङ्क
वृक्षारोपणले जलवायु परिवर्तनको असर कम गर्न कसरी सहयोग गर्दछ ? (i) वायुमण्डलमा अक्सिजनको मात्रा बढाएर (By increasing oxygen level) (ii) प्रकाश संश्लेषण प्रक्रियाद्वारा कार्बनडाइअक्साइडको मात्रा कम गरेर (iii) वातावरणको तापक्रम घटाएर (By lowering the temperature) (iv) वर्षा धेरै गराएर (By making a lot of rainfall)
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/science/2082/koshi · GyanMul Prep