माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ विज्ञान तथा प्रविधि प्रश्नपत्र, बागमती प्रदेश
एसईई २०८२ विज्ञान तथा प्रविधि (बागमती प्रदेश, RE-1041'BP') मा जम्मा ४० प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका १९, २ अङ्कका १४ र ४ अङ्कका ७ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
प्रश्नपत्रमा छापिएझैँ हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ।
- ४० प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1041'BP'
प्रश्नहरू
यहाँ १ अङ्कका १९ प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
एक जना व्यक्तिको रगत जाँचको नतिजाले उसको रगतमा चिनीको मात्रा बढी देखायो । तलका मध्ये उनले महसुस गरेको शारीरिक लक्षण कुन हुनुपर्छ ? (i) जोर्नीको दुखाइ (Joint pain) (ii) मांसपेसीमा गहिरो दुखाइ (Deep pain in muscles) (iii) अत्यधिक भोक तथा तिर्खा (Excessive hunger and thirst) (iv) हृदयाघात (Heart attack)
The result of a person's blood test shows more amount of sugar in his blood. Which of the following physical symptoms may have been experienced? (i) Joint pain (ii) Deep pain in muscles (iii) Excessive hunger and thirst (iv) Heart attack
उत्तर: (iii) अत्यधिक भोक तथा तिर्खाप्रश्न २१ अङ्क
निम्नमध्ये नेपालमा पाइने औषधीय जडीबुटीको समूह कुन हो ? (i) निम, तुलसी, मकै (Neem, Holy basil, Corn) (ii) यार्सागुम्बा, घिउकुमारी, कोदो (Caterpillar fungus, Aloevera, Millet) (iii) तुलसी, यार्सागुम्बा, धान (Holy basil, Caterpillar fungus, Paddy) (iv) असुरो, बोझो, यार्सागुम्बा (Malabar nut, Calamus, Caterpillar fungus)
Which of the following is a group of medicinal herbs found in Nepal? (i) Neem, Holy basil, Corn (ii) Caterpillar fungus, Aloevera, Millet (iii) Holy basil, Caterpillar fungus, Paddy (iv) Malabar nut, Calamus, Caterpillar fungus
उत्तर: (iv) असुरो, बोझो, यार्सागुम्बाप्रश्न ३१ अङ्क
निम्नमध्ये जलवायु परिवर्तनको कारक कुन हो ? (i) जीवावशेष इन्धनको दहन (Burning of fossil fuels) (ii) वृक्षरोपण (Afforestation) (iii) ध्वनि प्रदूषण (Noise pollution) (iv) प्राङ्गारिक मलको प्रयोग (Use of organic fertilizer)
Which one of the following is the cause of climate change? (i) Burning of fossil fuels (ii) Afforestation (iii) Noise pollution (iv) Use of organic fertilizer
उत्तर: (i) जीवावशेष इन्धनको दहनप्रश्न ४१ अङ्क
चन्द्रमामा जोख्दा 78.4 N तौल भएको कुनै ढुङ्गाको तौल पृथ्वीको सतहमा कति हुन्छ होला ? (i) 380 N (ii) 490 N (iii) 590 N (iv) 690 N
What will be the weight of stone on the surface of the Earth if it weighs 78.4 N on the surface of the Moon? (i) 380 N (ii) 490 N (iii) 590 N (iv) 690 N
उत्तर: (ii) 490 Nप्रश्न ५१ अङ्क
दिइएको चित्र कुन सिद्धान्तमा आधारित छ ? (i) आर्किमिडिजको सिद्धान्त (Archimedes' principle) (ii) पास्कलको नियम (Pascal's law) (iii) गुरुत्वाकर्षणको नियम (law of gravitation) (iv) स्नेलको नियम (Snell's law)
On which principle is the given instrument based? (i) Archimedes' principle (ii) Pascal's law (iii) law of gravitation (iv) Snell's law
उत्तर: (ii) पास्कलको नियमप्रश्न ६१ अङ्क
दिइएको उपकरणले कुन प्रकारको शक्तिको रूपान्तरण गर्छ ? (i) रासायनिक शक्तिबाट विद्युतीय शक्तिमा (Chemical to electrical energy) (ii) विद्युतीय शक्तिबाट प्रकाश शक्तिमा (Electrical to light energy) (iii) चुम्बकीय शक्तिबाट विद्युतीय शक्तिमा (Magnetic to electrical energy) (iv) विद्युतीय शक्तिबाट चुम्बकीय शक्तिमा (Electrical to magnetic energy)
What type of energy transformation is done by the given instrument? (i) Chemical to electrical energy (ii) Electrical to light energy (iii) Magnetic to electrical energy (iv) Electrical to magnetic energy
उत्तर: (iii) चुम्बकीय शक्तिबाट विद्युतीय शक्तिमाप्रश्न ७१ अङ्क
दिइएका इलेक्ट्रोन विन्यासमध्ये संयुज्यता 2 हुने तत्त्वको इलेक्ट्रोन विन्यास कुन हो ? (iii)
Which of the following electronic configurations is the electronic configuration of the element with valency 2? (iii)
उत्तर:प्रश्न ८१ अङ्क
तलका मध्ये कुन समूहले तत्त्वको धातु गुण बढ्दै जाने सही क्रम सङ्केत गर्छ ? (i) Be < Mg < Ca (ii) Na < Li < K (iii) Mg < Al < Si (iv) Li < K < Na
Which of the following sequences represents the correct order of increase in chemical reactivity of metals? (i) Be < Mg < Ca (ii) Na < Li < K (iii) Mg < Al < Si (iv) Li < K < Na
उत्तर: (i) Be < Mg < Caप्रश्न ९१ अङ्क
A, B र C नामाङ्कित तीनओटा विकर प्रत्येकमा 25 मिलिलिटर पानी लिइएको थियो । A, B र C विकरमा क्रमशः NaOH, सुख्खा CuSO₄ र NaCl हाल्दा विकर A र B को तापक्रम वृद्धि भएको तर विकर C मा तापक्रम घटेको पाइयो । तलका मध्ये कुन भनाइ सही छ ? (i) विकर A र B मा तापदायक र C मा तापशोषक प्रतिक्रिया भएको छ । (ii) विकर A र B मा तापशोषक र C मा तापदायक प्रतिक्रिया भएको छ । (iii) विकर A, B र C मा तापदायक प्रतिक्रिया भएको छ । (iv) यो सूचनाको आधारमा ताप सम्बन्धी धारणा बनाउन सकिँदैन ।
Three beakers labelled as A, B and C each containing 25 ml of water were taken. A small amount of NaOH, anhydrous CuSO₄ and NaCl were added to the beakers A, B and C respectively. It was observed that there was an increase in temperature of the solution in beakers A and B whereas in beaker C, the temperature of the solution decreases. Which one of the statement is correct? (i) The reaction in beakers A and B is exothermic and in C endothermic. (ii) The reaction in beakers A and B is endothermic and in C exothermic. (iii) The reaction in beakers A, B and C is exothermic. (iv) No conclusion about heat can be drawn from this information.
उत्तर: (i) विकर A र B मा तापदायक (exothermic) र C मा तापशोषक (endothermic) प्रतिक्रिया भएको छ ।प्रश्न १०१ अङ्क
दिइएका मध्ये कुन धातुलाई क्याल्सिनेसन विधिद्वारा धातुको अक्साइडमा परिवर्तन गर्न सकिन्छ ? (i) बक्साइट (Bauxite) (ii) सिडेराइट (Siderite) (iii) क्युप्राइट (Cuprite) (iv) हेमाटाइट (Hematite)
Which ore is converted into metallic oxide by calcination method? (i) Bauxite (ii) Siderite (iii) Cuprite (iv) Hematite
उत्तर: (ii) सिडेराइटप्रश्न १११ अङ्क
घुलनशील पदार्थलाई घोलकमा घोलेर घोल बनाउँदा आश्रित चर कुन हुन्छ ?
What is the dependent variable in a process of making a solution by dissolving solute in solvent?
उत्तर: बनेको घोलको सान्द्रता (concentration of the solution) आश्रित चर हो ।प्रश्न १२१ अङ्क
डिजिटल सङ्केतलाई जनाउने नामाङ्कित ग्राफ खिच्नुहोस् ।
Draw a labelled graph to show digital signal.
उत्तर: डिजिटल सङ्केतको ग्राफ वर्गाकार (square wave) हुन्छ । ठाडो अक्षमा भोल्टेज र तेर्सो अक्षमा समय राख्नुहोस् । रेखा दुई तहमा मात्र रहन्छ — तल्लो तह 0 (OFF) र माथिल्लो तह 1 (ON) — र एक तहबाट अर्को तहमा ठाडो रेखा कोरेर एकैचोटि उफ्रन्छ, बिचको कुनै मान लिँदैन ।प्रश्न १३१ अङ्क
रगतमा कुन अवयवको कमीले रक्तअल्पता रोग लाग्छ ?
Lack of which component of blood causes anemia?
उत्तर: रातो रक्तकोष (red blood cells) मा रहेको हिमोग्लोबिनको कमीले रक्तअल्पता (anemia) लाग्छ ।प्रश्न १४१ अङ्क
नेपालमा पछिल्लो केही वर्ष यता बाघ, गैँडा, रेड पाण्डा आदि लगायत अन्य जनावरको सङ्ख्या घट्दै जानुको कुनै एक कारण लेख्नुहोस् ।
Give any one reason of declining animals like tiger, rhino, red panda etc. in Nepal in recent years?
उत्तर: वन फडानी र बसोबास विस्तारका कारण तिनको प्राकृतिक वासस्थान नष्ट हुनु — साथै छाला, हाड र खागका लागि हुने चोरी सिकार ।प्रश्न १५१ अङ्क
चित्रमा दिइएको वस्तुको तौल पानीमा कति हुन्छ ? (चित्रमा हावामा तौल 16 N र विस्थापित पानीको तौल 5 N देखाइएको छ ।)
What is the weight of the given object in water? (The figure shows a weight of 16 N in air and 5 N of water displaced.)
उत्तर: पानीमा वस्तुको तौल ।प्रश्न १६१ अङ्क
चर्को घाममा पिच बाटोमा हिँड्दै गर्दा अगाडि बाटोमा पानी जमेको जस्तो भान हुन्छ । यो प्रकाशको कुन गुणले गर्दा भएको हो ?
While walking on a coal-tarred road in sunny day, a pool of water appears ahead. Which property of light is responsible for this?
उत्तर: प्रकाशको पूर्ण आन्तरिक परावर्तन (total internal reflection) ।प्रश्न १७१ अङ्क
पेरियोडिक तालिकामा ग्रूप 1 का तत्त्वहरूलाई किन अल्कली धातु भनिन्छ ?
Why are the elements of group 1 in periodic table called alkali metals?
उत्तर: किनभने ती धातु पानीसँग प्रतिक्रिया गरी क्षार (alkali) अर्थात् घुलनशील हाइड्रोक्साइड बनाउँछन् । उदाहरण: 2Na + 2H₂O → 2NaOH + H₂प्रश्न १८१ अङ्क
आधुनिक पिरियडिक तालिकाको पिरियडमा धातु गुण कसरी परिवर्तन हुँदै जान्छ ?
How does metallic property vary in a period in the modern periodic table?
उत्तर: पिरियडमा बायाँबाट दायाँतिर जाँदा धातु गुण घट्दै र अधातु गुण बढ्दै जान्छ ।प्रश्न १९१ अङ्क
शुद्धिकरण गरिने अशुद्ध धातुको आधारमा रोष्टिड प्रक्रिया लेख्नुहोस् ।
Write the roasting process on the basis of purification of impure metal.
उत्तर: सल्फाइड अयस्कलाई प्रशस्त हावाको उपस्थितिमा गलनविन्दुभन्दा कम तापक्रममा तताएर धातुको अक्साइडमा परिणत गर्ने प्रक्रियालाई रोष्टिङ भनिन्छ । उदाहरण: 2ZnS + 3O₂ → 2ZnO + 2SO₂प्रश्न २०२ अङ्क
एकाइगत विश्लेषण गरी समीकरण ठिक छ वा छैन परीक्षण गर्नुहोस् ।
Check the correctness of the equation by using unit wise analysis.
प्रश्न २१२ अङ्क
विद्यार्थीहरूले डिजिटल प्रविधिबाट अध्ययनमा लिन सक्ने कुनै दुई फाइदा लेख्नुहोस् ।
Write any two advantages that can be taken by the students for their studies from digital technology.
प्रश्न २२२ अङ्क
लामो भिडियो काटेर छोटो बनाउनका लागि अपनाइने चरणहरू बुँदागत रूपमा लेख्नुहोस् ।
Write the steps to make a video shorter by cutting longer video.
प्रश्न २३२ अङ्क
अक्टोपस सामुद्रिक जीव भए पनि यसलाई इकाइनोडर्माटामा फाइलमअन्तर्गत नराख्नुका कुनै दुई कारण लेख्नुहोस् ।
Octopus cannot be kept under phylum Echinodermata even though it is a marine animal. Give any two reasons.
प्रश्न २४२ अङ्क
ब्रायोफाइटा भन्दा टेरिडोफाइटालाई किन बढी विकसित मानिन्छ ? कुनै दुई कारण दिनुहोस् ।
Why are Pteridophytes considered to be more developed than Bryophytes? Give any two reasons.
प्रश्न २५२ अङ्क
कृषकहरूका लागि मौरीपालन फाइदाजनक छ । कुनै दुई बुँदामा स्पष्ट पार्नुहोस् ।
Bee farming (apiculture) is beneficial for the farmers. Clarify with any two points.
प्रश्न २६२ अङ्क
(44 + XX) क्रोमोजोम भएकी आमा र (44 + XY) क्रोमोजोम भएका बुबाबाट हुने सन्तानको लिङ्ग निर्धारण तालिका बनाउनुहोस् ।
Draw a sex determination chart of the offspring produced by a mother with chromosomes (44 + XX) and father with chromosomes (44 + XY).
प्रश्न २७२ अङ्क
कार्य र संरचनाको आधारमा DNA र RNA बिच फरक लेख्नुहोस् ।
Write the differences between DNA and RNA on the basis of function and structure.
प्रश्न २८२ अङ्क
दिइएको तथ्याङ्कको आधारमा आकाशीय पिण्डहरू P र Q बिच उत्पन्न हुने गुरुत्वआकर्षण बल हिसाब गर्नुहोस् । (चित्रअनुसार P को द्रव्यमान 1200 kg, Q को द्रव्यमान 4000 kg, बिचको दुरी 4000 km ।)
Calculate the force of gravitation between the heavenly bodies P and Q on the basis of information given in the figure. (In the figure the mass of P is 1200 kg, the mass of Q is 4000 kg and the distance between them is 4000 km.)
प्रश्न २९२ अङ्क
स्वतन्त्र खसाइ र तौलबिच कुनै दुई फरक लेख्नुहोस् ।
Write any two differences between free fall and weightlessness.
प्रश्न ३०२ अङ्क
प्रिज्ममा प्रकाशको विच्छेदनको सफा नामाङ्कित चित्र खिच्नुहोस् ।
Draw a well labelled diagram of dispersion of light in prism.
प्रश्न ३१२ अङ्क
ब्रह्माण्डको भविष्यसम्बन्धी दिइएको ग्राफ अध्ययन गर्नुहोस् । (ग्राफमा समयका आधारमा ब्रह्माण्डको अर्धव्यास देखाउने तीन रेखा X, Y र Z छन् ।) (क) रेखा Z अनुसार ब्रह्माण्डको अन्त्य कसरी हुन्छ ? (ख) कुन रेखाअनुसार ब्रह्माण्ड निरन्तर स्थिर रहन्छ ?
Study the graph related to the future of the universe. According to line Z, how will the universe end? (b) According to which curve does the universe stay constant for ever? According to which line does the universe remain constant?
प्रश्न ३२२ अङ्क
एलुमिनियमलाई फिक्का सल्फ्युरिक अम्लसँग रासायनिक प्रतिक्रिया गराउँदा हुने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write the balanced chemical equation of the reaction between aluminium and dilute sulphuric acid.
प्रश्न ३३२ अङ्क
रसायनहरूको उपस्थिति र कार्यक्षमताको आधारमा साबुन र डिटरजेन्टबिच कुनै दुईओटा फरक लेख्नुहोस् ।
Write any two differences between soap and detergent on the basis of presence of chemicals and efficiency.
प्रश्न ३४४ अङ्क
IVF प्रक्रियाको सचित्र व्याख्या गर्नुहोस् । इनब्रिडिङ र लाइन प्रजननबिच कुनै दुई फरक लेख्नुहोस् ।
Explain IVF process with suitable figure. Write any two differences between inbreeding and line breeding.
प्रश्न ३५४ अङ्क
एक जना मानिसको रगत परीक्षणको रिपोर्ट चार्टमा देखाइएको छ : रक्तकोष A — 3,000 प्रति रक्तकोष B — 3,00,000 प्रति रक्तकोष C — 45,00,000 प्रति (क) उक्त व्यक्तिलाई के समस्या भएको हुन सक्छ ? (ख) रक्तकोष 'B' को नाम लेख्नुहोस् । (ग) रक्तकोष 'C' को सङ्ख्या रगतमा कम देखिएमा कुन रोग लाग्छ ? (घ) उक्त मान्छेको हातको औँला काटिएर रगत बग्न रोकिएन भने A, B र C मध्ये कुन रक्तकोष सामान्यभन्दा कमी भएको हुन सक्छ ?
Report of blood test of a person is shown in a chart: Blood cell A — 3,000 per Blood cell B — 3,00,000 per Blood cell C — 45,00,000 per (a) What could be the problem in him? (b) Write the name of blood cell 'B'. (c) Which disease may occur if number of blood cell 'C' is too low? (d) If he has a cut in his finger and bleeding does not stop, which one among A, B and C may have lesser than normal?
प्रश्न ३६४ अङ्क
दिइएको ग्राफको अध्ययन गर्नुहोस् (पानीको घनत्व र तापक्रमबिचको सम्बन्ध, ४ मा अधिकतम १००० : (क) ग्राफमा देखाइएको पानीको गुण अन्य तरल पदार्थभन्दा कसरी भिन्न छ ? (ख) पानीको यस किसिमको प्रसारको कुनै एक फाइदा लेख्नुहोस् । (ग) चित्रमा देखाइएको ग्राफको आधारमा पानीको आयतन र तापक्रमबिचको सम्बन्ध देखाउने नमुना ग्राफ कोर्नुहोस् । (घ) पानीलाई किन थर्मोमेट्रिक तरलको रूपमा प्रयोग गर्न सकिँदैन ?
Study the given graph (density of water against temperature; the maximum is at ): (a) How is the property of water shown in the graph different from other liquids? (b) Write any one advantage of such expansion of water. (c) Draw a model graph showing the relationship between the volume of water and temperature on the basis of the above graph. (d) Why cannot water be used as thermometric liquid?
प्रश्न ३७४ अङ्क
(क) चित्रमा देखाइएको दृष्टिको कमजोरी पहिचान गर्नुहोस् । (ख) उक्त कमजोरीको कुनै एउटा कारण लेख्नुहोस् । (ग) उक्त कमजोरीलाई सुधार गर्ने नामाङ्कित किरण चित्र कोर्नुहोस् । (घ) भाग A मा आकृति बनेको भए उक्त व्यक्तिले कुन लेन्स राखिएको चस्मा लगाउनु पर्थ्यो ?
Identify the type of defect of vision shown in the figure. Write any one cause of this defect. Draw a well labeled ray diagram showing a corrective measure of this defect. If image is formed at part A, spectacle of which lens would the person use?
प्रश्न ३८४ अङ्क
(क) एउटा माइक्रोवेभ ओभनमा 'सेकेन्डरी फन्का : प्राइमरी फन्का लेखिएको छ । यदि यसलाई 220 V को स्रोतमा जोडिन्छ भने ट्रान्सफर्मरबाट उत्पन्न हुने सेकेन्डरी भोल्टेज हिसाब गर्नुहोस् । (ख) यो कुन प्रकारको ट्रान्सफर्मर हो र यस प्रकारको ट्रान्सफर्मरको नमुना चित्र खिच्नुहोस् ।
A microwave oven has written "Number of secondary windings : Number of primary windings ". If the microwave oven is connected to a source of 220 V, calculate the secondary voltage obtained from the transformer. Which type of transformer is this? Draw the model figure of such transformer.
प्रश्न ३९४ अङ्क
(क) प्रयोगशालामा क्याल्सियम कार्बोनेट र फिक्का हाइड्रोक्लोरिक अम्लबिच रासायनिक प्रतिक्रिया गराउँदा बन्ने ग्यासको उत्पादन विधिको नामाङ्कित चित्र कोर्नुहोस् । (ख) माथि उल्लिखित विधिबाट उत्पादन गरिएको ग्यासलाई लामो समयसम्म चुन पानीमा पठाउँदा के हुन्छ ? रासायनिक समीकरण लेख्नुहोस् । (ग) वनस्पतिहरूका लागि उक्त ग्यासको कुनै एउटा महत्त्व लेख्नुहोस् ।
Draw a well labelled diagram of the laboratory preparation of the gas formed by the reaction between calcium carbonate and dilute hydrochloric acid. What happens when the gas produced in the above process is passed into lime water for long time? Write the chemical equation. Write an importance of this gas to plants.
प्रश्न ४०४ अङ्क
(क) हाइड्रोकार्बनको होमोलोगस शृङ्खला भनेको के हो ? (ख) सँगैको तालिकामा हाइड्रोकार्बनको होमोलोगस शृङ्खलाको एउटा उदाहरण दिइएको छ : यौगिक A — CH₃-CH₃, यौगिक B — CH₃-CH₂-CH₃, यौगिक C — CH₃-CH₂-CH₂-CH₃ (i) यौगिक 'B' को IUPAC नाम लेख्नुहोस् । (ii) यौगिक 'A' मा रहेको एउटा हाइड्रोजन परमाणुलाई '−OH' ले विस्थापित गर्दा बन्ने यौगिकको संरचनात्मक सूत्र लेख्नुहोस् । (iii) यौगिक 'C' मा रहेको बिचका दुईओटा कार्बनबाट एक एकओटा हाइड्रोजन निकाल्दा बन्ने यौगिकको सामान्य अणुसूत्र लेख्नुहोस् ।
What is it meant by homologous series of hydrocarbon? (b) An example of a homologous series of hydrocarbons is given in the table alongside: compound A — CH₃-CH₃, compound B — CH₃-CH₂-CH₃, compound C — CH₃-CH₂-CH₂-CH₃ (i) Write the IUPAC name of compound 'B'. (ii) Write the structural formula of the compound formed when one hydrogen atom in compound 'A' is replaced by '−OH'. (iii) Write the general molecular formula of the compound formed when one hydrogen is removed from each of the two middle carbons of compound 'C'.
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/science/2082/bagmati · GyanMul Prep