Secondary Education Examination · Class 10
SEE 2082 Social Studies question paper, Sudurpashchim Province
SEE 2082 Social Studies (Sudurpashchim Province, RE-1051'SP') has 24 questions worth 75 marks, with 3 hours to answer them. It has 11 of 1 mark, 9 of 4 marks and 4 of 7 marks.
The SEE examination is conducted by the National Examinations Board (NEB), Nepal. This paper was typed up from the original and checked by the GyanMul team.
- 24 questions
- 75 marks
- 3 hours
- Code RE-1051'SP'
Questions
Answers are shown for the 11 one-mark questions. They are GyanMul's model answers: the NEB does not publish an answer key, so these are not the board's answers.
Question 11 mark
सामाजिकीकरण प्रक्रियाको एक महत्त्व लेख्नुहोस् ।
Answer: सामाजिकीकरणले व्यक्तिलाई आफ्नो समाजका भाषा, मूल्य, मान्यता, संस्कार र व्यवहार सिकाएर समाजको योग्य सदस्य बनाउँछ — अर्थात् यसैले मानिसलाई 'सामाजिक प्राणी' बनाउने काम गर्छ ।Question 21 mark
नेपालले मानव विकास सूचकाङ्कको स्थिति सुधार गर्न के गर्नुपर्ला ? एउटा उपाय उल्लेख गर्नुहोस् ।
Answer: गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा हरेक स्थानीय तहसम्म पुर्याई सबै नागरिकको पहुँच बढाउनुपर्छ — किनभने मानव विकास सूचकाङ्क औसत आयु, शिक्षाको अवधि र प्रतिव्यक्ति आय — यिनै तीन कुराबाट नापिन्छ ।Question 31 mark
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गर्दै आएको कुनै एक कार्य लेख्नुहोस् ।
Answer: अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले श्रमिकका हकहितसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र सिफारिस तयार गरी सदस्य राष्ट्रलाई लागु गर्न लगाउँछ — जस्तै न्यूनतम ज्याला, सुरक्षित कार्यस्थल र बालश्रम तथा जबरजस्ती श्रमको अन्त्य ।Question 41 mark
अन्धविश्वास विरुद्ध जनचेतना जगाउने एक नारासहित प्लेकार्डको नमुना तयार पार्नुहोस् ।
Answer: ┌──────────────────────────────────────┐ │ │ │ धामीझाँक्री होइन, डाक्टरकहाँ जाऊँ ! │ │ │ │ अन्धविश्वासले उपचार होइन, │ │ ज्यान लिन्छ । │ │ │ └──────────────────────────────────────┘ │ │ (समाउने डन्डी) │Question 51 mark
अन्तरिम सरकार भनेको के हो ?
Answer: कुनै ठुलो राजनीतिक परिवर्तन वा सङ्क्रमणकालमा स्थायी संविधान बन्न वा निर्वाचन हुन नसकेको अवस्थामा सीमित अवधिका लागि गठन गरिने अस्थायी सरकारलाई अन्तरिम सरकार भनिन्छ । यसको मुख्य काम दैनिक शासन चलाउनु र निर्वाचन तथा संविधान निर्माणको बाटो खोल्नु हो ।Question 61 mark
वि.सं. २०६२/६३ को जनआन्दोलनको कुनै एक उपलब्धि लेख्नुहोस् ।
Answer: जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाले राजाका सम्पूर्ण अधिकार कटौती गरी सार्वभौमसत्ता जनतामा निहित गर्यो र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गर्यो । (यसैले पछि संविधान सभाको निर्वाचन र गणतन्त्रको घोषणाको बाटो खोल्यो ।)Question 71 mark
मुद्दती खाता र बचत खाताबिच एउटा भिन्नता देखाउनुहोस् ।
Answer: मुद्दती खातामा रकम निश्चित अवधि (जस्तै १ वर्ष) नपुगेसम्म झिक्न पाइँदैन, तर ब्याजदर बढी हुन्छ । बचत खाताबाट भने जुनसुकै बेला रकम झिक्न पाइन्छ, तर ब्याजदर कम हुन्छ ।Question 81 mark
तपाईं पर्यटकका रूपमा कुनै ठाउँको भ्रमण गर्दा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
Answer: म प्लास्टिक र फोहोर जथाभावी नफ्याँकी आफैँसँग फिर्ता ल्याउँछु, वन्यजन्तु तथा वनस्पतिलाई नछेडी तोकिएकै बाटो हिँड्छु र स्थानीय नियमको पालना गर्छु ।Question 91 mark
संयुक्त राष्ट्रसङ्घको स्थापना किन गरिएको हो ? एउटा कारण लेख्नुहोस् ।
Answer: दोस्रो विश्वयुद्धजस्तो भीषण विनाश फेरि नदोहोरियोस् र विश्वमा शान्ति तथा सुरक्षा कायम रहोस् भन्ने उद्देश्यले सन् १९४५ मा यसको स्थापना गरिएको हो ।Question 101 mark
नेपालले परराष्ट्र सम्बन्ध सुमधुर राख्न कस्तो नीति अवलम्बन गर्नुपर्छ ? एक वाक्यमा प्रस्ट पार्नुहोस् ।
Answer: नेपालले पञ्चशीलका सिद्धान्त, असंलग्नता र संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित रही कुनै शक्तिराष्ट्रको पक्ष नलिई सबैसँग समान मैत्री राख्ने र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्ने सन्तुलित नीति अवलम्बन गर्नुपर्छ ।Question 111 mark
समुदायमा जनसङ्ख्या र वातावरणबिच सन्तुलन कायम गर्न तपाईंले गर्न सक्ने एक कार्य लेख्नुहोस् ।
Answer: म आफ्नो टोलमा वृक्षारोपण अभियान चलाउँछु र फोहोर व्यवस्थापनमा सघाउँछु — साथै सानो परिवारको महत्त्व र स्रोतको मितव्ययी प्रयोगबारे छिमेकीलाई सचेत गराउँछु ।Question 124 marks
हामी नेपालीले हाम्रो राष्ट्रिय पहिचान संरक्षण गर्नका लागि के गर्नुपर्छ ? चार बुँदामा लेख्नुहोस् ।
Question 134 marks
दिगो विकासका लागि ध्यान दिनुपर्ने महत्त्वपूर्ण चार पक्षहरू उल्लेख गर्नुहोस् ।
Question 144 marks
'राष्ट्रिय सम्पदा संरक्षणमा विद्यार्थीको भूमिका' शीर्षकमा एक वक्तृता तयार पार्नुहोस् ।
Question 154 marks
"सामाजिक मूल्य मान्यता र अनुभवका स्रोत जेष्ठ नागरिक हुन् ।" यस भनाइलाई प्रस्ट पार्नुहोस् । अथवा हाम्रा लोकबाजाको संरक्षण कसरी गर्न सकिन्छ ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।
Question 164 marks
यौन दुर्व्यवहारले समाजमा कस्तो असर पार्छ ? चार बुँदामा उल्लेख गर्नुहोस् ।
Question 174 marks
लोकतन्त्रलाई सबल बनाउन राजनीतिक दलको भूमिका उल्लेख गर्नुहोस् ।
Question 184 marks
भूमध्यसागरीय हावापानीको चार विशेषता लेख्नुहोस् ।
Question 194 marks
सूचना तथा सञ्चार प्रविधिले दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा दुई साथीबिचको संवाद तयार गर्नुहोस् ।
Question 204 marks
गुणस्तरीय तथा स्वस्थ जीवनशैली कायम गर्न के गर्नुपर्छ ? चार बुँदामा उल्लेख गर्नुहोस् ।
Question 217 marks
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबिच शक्ति सन्तुलनको आवश्यकता पर्दछ, किन ? उदाहरणसहित पुष्टि गर्नुहोस् ।
Question 227 marks
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् : (क) खप्तड राष्ट्रिय निकुञ्ज (ख) कर्णाली नदी (ग) पृथ्वी राजमार्ग (घ) सगरमाथा हिमाल अथवा पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् : (क) अमेजन नदी (ख) भूमध्यरेखा (ग) पाटागोनिया मरुभूमि (घ) टिटिकाका ताल दृष्टिविहीनका लागि मात्र ┌────────────────────────────────────────────────────────┐ │ भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के │ │ के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् । │ └────────────────────────────────────────────────────────┘
Question 237 marks
प्रथम विश्वयुद्धको चार परिणाम उल्लेख गर्दै त्यस युद्धमा नेपालले कस्तो भूमिका खेलेको थियो ? वर्णन गर्नुहोस् ।
Question 247 marks
वैदेशिक रोजगारीको क्रममा विदेशमा रहँदा आउनसक्ने समस्या र ती समस्याहरूको समाधानका उपायबारे सचेत गराउँदै वैदेशिक रोजगारीमा रहनु भएका आफन्तलाई चिठी लेख्नुहोस् ।
Source: prep.gyanmul.com/see/past-papers/social-studies/2082/sudurpashchim · GyanMul Prep