माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ गणित प्रश्नपत्र, मधेश प्रदेश
एसईई २०८२ गणित (मधेश प्रदेश, RE-1031'MP') मा जम्मा १८ प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये २ अङ्कका १, ३ अङ्कका ५, ४ अङ्कका ४, ५ अङ्कका ६ र ६ अङ्कका २ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
प्रश्नपत्रमा छापिएझैँ हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ।
- १८ प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1031'MP'
प्रश्नहरू
प्रश्न १६ अङ्क
एउटा सर्वेक्षणमा सहभागी 500 जना युवाहरूमध्ये 320 जनाले आइफोन मन पराउँछन् र 225 जनाले एन्ड्रोइड फोन मन पराउँछन् । सबै युवाले कम्तीमा एउटा फोन मन पराउँछन् । (क) यदि 'I' र 'A' ले क्रमशः आइफोन र एन्ड्रोइड फोन मन पराउने युवाहरूको समूहलाई जनाउँछ भने आइफोन मन पराउने युवाको समूहलाई गणनात्मकता सङ्केतमा लेख्नुहोस् । (1) (ख) दुवै खाले फोन मन पराउने युवाहरूको सङ्ख्यालाई x मानी दिइएको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् । (1) (ग) एउटा खाले फोन मात्र मन पराउने युवाहरूको सङ्ख्या पत्ता लगाउनुहोस् । (3) (घ) आइफोन मात्र मन पराउनेको सङ्ख्याभन्दा एन्ड्रोइड फोन मात्र मन पराउनेको सङ्ख्या कति प्रतिशतले घटी वा बढी रहेछ ? तुलना गर्नुहोस् । (1)
Among 500 youths participated in a survey, 320 liked iPhone and 225 liked android phone. Every youth liked at least one phone. (a) If 'I' and 'A' denote the sets of young people who like iPhones and Android phones respectively, write in cardinality notation the set of young people who like iPhones. (1) (b) Taking the number of young people who like both kinds of phone as x, represent the information given in a Venn diagram. (1) (c) Find the number of young people who like only one kind of phone. (3) (d) By what percentage is the number who like Android phones only fewer or greater than the number who like iPhones only? Compare them. (1)
प्रश्न २५ अङ्क
पेम्बाले सकुन्तलासँग 6% वार्षिक साधारण ब्याजदरले 2 वर्षका लागि रु. 70,000 सापटी लिएछन् र उनले त्यति नै समयका लागि उक्त रकम उही ब्याजदरले वार्षिक चक्रीय ब्याज पाउने गरी लगानी गरेछन् । (क) साँवा (P), समय 'T' वर्ष र ब्याजदर 'R%' प्रतिवर्ष हुँदा वार्षिक चक्रीय ब्याज पत्ता लगाउने सूत्र लेख्नुहोस् । (1) (ख) पेम्बाले 2 वर्षमा प्राप्त गर्ने चक्रीय ब्याज पत्ता लगाउनुहोस् । (2) (ग) 2 वर्षको साधारण ब्याज र चक्रीय ब्याजको तुलना गर्नुहोस् । (2)
Pemba borrowed Rs. 70,000 from Sakuntala for 2 years at the rate of 6% p.a. simple interest. He invested the same principal for the same time at the same rate of compound interest annually. (a) Write the formula for finding the annual compound interest on a principal P for a time of 'T' years at a rate of 'R%' per annum. (1) (b) Find the compound interest Pemba gets in 2 years. (2) (c) Compare the simple interest and the compound interest of 2 years. (2)
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/mathematics/2082/madhesh · GyanMul Prep