माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ सामाजिक अध्ययन प्रश्नपत्र, बागमती प्रदेश
एसईई २०८२ सामाजिक अध्ययन (बागमती प्रदेश, RE-1051'BP') मा जम्मा २४ प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका ११, ४ अङ्कका ९ र ७ अङ्कका ४ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
- २४ प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1051'BP'
प्रश्नहरू
यहाँ १ अङ्कका ११ प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
नेपालको राष्ट्रिय गौरव झल्काउने कुनै दुई सम्पदाको नाम लेख्नुहोस् ।
उत्तर: सगरमाथा र लुम्बिनी नेपालको राष्ट्रिय गौरव झल्काउने दुई सम्पदा हुन् ।प्रश्न २१ अङ्क
सङ्घीय शासन व्यवस्थाको कुनै एक चुनौती लेख्नुहोस् ।
उत्तर: तीन तह (सङ्घ, प्रदेश र स्थानीय) बिच अधिकार र स्रोतको बाँडफाँट स्पष्ट नहुँदा काममा दोहोरोपन र विवाद हुनु सङ्घीय शासन व्यवस्थाको एउटा प्रमुख चुनौती हो ।प्रश्न ३१ अङ्क
छाउपडी प्रथा भनेको के हो ?
उत्तर: महिनावारी भएका महिलालाई घरबाहिर छाउगोठमा राख्ने अन्धविश्वासमा आधारित कुरीति नै छाउपडी प्रथा हो ।प्रश्न ४१ अङ्क
मानौँ तपाईंको साथीलाई एकजना आफन्तले घरेलु हिंसा गर्दा रहेछन् । यो कुरा थाहा पाएपछि तपाईंले साथीलाई के सल्लाह दिनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: डराएर नलुकाई भरपर्दो अभिभावक, शिक्षक वा प्रहरीलाई तुरुन्तै जानकारी गराउन र आवश्यक परे १०० वा ११४५ मा सम्पर्क गर्न सल्लाह दिन्छु ।प्रश्न ५१ अङ्क
प्रथम विश्व युद्धताका नेपालको प्रधानमन्त्री को थिए ?
उत्तर: प्रथम विश्वयुद्धताका नेपालका प्रधानमन्त्री चन्द्रशमशेर जबरा थिए ।प्रश्न ६१ अङ्क
दोस्रो विश्वयुद्धले विश्वव्यापी आर्थिक सङ्कट कसरी निम्त्यायो ? एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: युद्धमा अपार धनराशि खर्च भई उद्योग, कलकारखाना र पूर्वाधार ध्वस्त हुँदा उत्पादन र व्यापार ठप्प भएकाले विश्वव्यापी आर्थिक सङ्कट निम्तियो ।प्रश्न ७१ अङ्क
प्रत्यक्ष करको एक विशेषता लेख्नुहोस् ।
उत्तर: प्रत्यक्ष करको भार जसमाथि लगाइन्छ उसैले बहन गर्नुपर्छ र अरूलाई सार्न मिल्दैन ।प्रश्न ८१ अङ्क
तपाईंले खुत्रुकेमा जम्मा गरेको पैसा बैङ्कमा जम्मा गर्नु परेमा बचत र चल्ती खातामध्ये कुन खातामा जम्मा गर्नुहुन्छ, किन ?
उत्तर: बचत खातामा जम्मा गर्छु, किनभने बचत खातामा जम्मा भएको रकममा ब्याज पाइन्छ भने चल्ती खातामा सामान्यतया ब्याज पाइँदैन ।प्रश्न ९१ अङ्क
संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालय कहाँ छ ?
उत्तर: संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा छ ।प्रश्न १०१ अङ्क
विश्वव्यापीकरणबाट नेपालले कसरी फाइदा लिन सक्छ ? एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: आफ्ना मौलिक उत्पादन, पर्यटन र जलविद्युत्लाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याई र नयाँ प्रविधि भित्र्याएर नेपालले विश्वव्यापीकरणबाट फाइदा लिन सक्छ ।प्रश्न १११ अङ्क
गुणस्तरीय जीवन कायम गर्न तपाईंको परिवारमा गरेको एउटा अभ्यासको उदाहरण दिनुहोस् ।
उत्तर: हाम्रो परिवारमा सबैले सफा पानी उमालेर पिउने र खानुअघि साबुनपानीले हात धुने बानी बसालेका छौँ, जसले रोग लाग्ने सम्भावना निकै घटेको छ ।प्रश्न १२४ अङ्क
व्यक्तिका लागि सामाजिकीकरणको प्रक्रिया किन महत्त्वपूर्ण छ ? चार बुँदामा प्रष्ट पार्नुहोस् ।
प्रश्न १३४ अङ्क
दिगो विकासको अवधारणाअनुसार विकास कार्य गर्दा ध्यान दिनुपर्ने कुरा चार बुँदामा लेख्नुहोस् ।
प्रश्न १४४ अङ्क
सम्पदा संरक्षणका लागि स्थानीय सरकारले के कस्ता कार्यहरू गर्नुपर्छ भन्ने कुरा उल्लेख गरी स्थानीय सरकारलाई पत्र लेख्नुहोस् ।
प्रश्न १५४ अङ्क
के मलाला युसुफजाई साँच्चिकै प्रेरणादायी व्यक्तित्त्व हुन् ? तर्कसहित आफ्नो विचार प्रस्तुत गर्नुहोस् । अथवा लोकगीतमा मौलिकता जोगाउन युवाहरूको भूमिका कस्तो हुनुपर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
प्रश्न १६४ अङ्क
मानव बेचबिखन अन्त्य गर्न कानुन बनाएर मात्र पुग्दैन । यसका लागि अरु के के गर्नुपर्छ ? सुझाव प्रस्तुत गर्नुहोस् ।
प्रश्न १७४ अङ्क
नेपालमा राजनीतिक दल दर्तासम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् ।
प्रश्न १८४ अङ्क
नेपालमा आउन सक्ने कुनै चारओटा प्राकृतिक विपत्को सूची बनाई तिनीहरूबाट सुरक्षित रहने एक एकओटा उपाय लेख्नुहोस् ।
प्रश्न १९४ अङ्क
समसामयिक घटनाबारे जानकार हुनुपर्छ भन्ने विषयमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।
प्रश्न २०४ अङ्क
नेपालमा भौगोलिक रूपमा जनसङ्ख्या वितरण समान रहेको पाइँदैन, यसका चार कारण बुँदागत रूपमा लेख्नुहोस् ।
प्रश्न २१७ अङ्क
उपभोक्ता अधिकार भनेको के हो ? उपभोक्ता अधिकार संरक्षणका लागि एक सचेत उपभोक्ताको भूमिका कस्तो हुनुपर्छ ? छ बुँदामा उल्लेख गर्नुहोस् ।
प्रश्न २२७ अङ्क
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) जुट उत्पादन क्षेत्र (ख) नारायणी नदी (ग) नेपालगन्ज (घ) सैपाल हिमाल अथवा पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) एन्डिज पर्वत (ख) टिटिकाका ताल (ग) उरुग्वे (घ) अमेजन नदी दृष्टिविहीनका लागि मात्र भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईँ के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।
प्रश्न २३७ अङ्क
पञ्चायती व्यवस्था उदयको पृष्ठभूमि लेखी यसको पतनका कारणहरू उल्लेख गर्नुहोस् ।
प्रश्न २४७ अङ्क
नेपालमा पर्यटनको महत्त्व र प्रवर्धन गर्ने उपाय समेटी साथीलाई पठाउने इमेलको नमुना तयार पार्नुहोस् ।
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/social-studies/2082/bagmati · GyanMul Prep